The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Wednesday, January 31, 2018

भुटानी शरणार्थीलाई भाड्न खोजियो’

हाम्रो दमक


दमक,१७ माघ / भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ( यूएनएचसीआर )ले शरणार्थी समस्या समाधानकालागि अन्तराष्ट्रिय मानवीय कानुनका आधारमा ल्याइएका तीन विकल्पहरु मध्ये तेस्रो देश पुर्नवासलाई मात्र कार्यान्वयनमा ल्याएर शरणार्थीहरुको एकतालाई भाड्न खोजेको आरोप लगाएको छ ।

समितिले बुधबार यहाँ एक प्रेस विज्ञप्ति निकालेर शरणार्थीहरुले चाहे अनुसार तेस्रो देश पुर्नवास, स्वदेश फिर्ती र स्थानीयकरण तीन वटै विकल्प खुला गर्ने भनिएको भएपनि तेस्रो देश पुर्नवासलाई मात्र अघि बढाएर अरु सवै विकल्प बन्द गरिएको प्रति आपत्ति जनाउदै विरोध जनाएको हो ।
समितिका अध्यक्ष डाक्टर भम्पा राई हस्ताक्षारित विज्ञप्तिमा भनिएको छ –‘यो कदमले शरणार्थीहरुको आफनो मातृभूमी फकर्ने अधिकारलाई समेत बन्द गरेर घोर अन्याय गरेको छ । ’
समितिले भुटानी राजतन्त्रले रचेको षडयन्त्रलाई नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय संस्था (युएनएचसीआर)ले पनि समर्थन गरिरहेको छ । यसैगरि विज्ञप्तिमा शिविरमा रहेका शरणार्थीहरुको इच्छालाई नबुझि अर्गनाइजेसन अफ भुट्नीज कम्युनिटि इन अमेरिकाका अध्यक्ष दिलिप दाहालको माग पत्र पनि शरणार्थीहरुको स्वदेश फिर्ताको मुद्दालाई विसर्जन गराउने षडयन्त्र भएको उल्लेख गरिएको छ ।
अध्यक्ष राईद्धारा जारी चार बुँदे विज्ञप्तिमा शरणार्थीहरुको स्वदेश फिर्ती अभियानलाई अवरोध नगर्न नेपाल सरकार र दातृ निकाय युएनएचसीआरलाई आग्रह समेत गरिएको छ ।
यसैगरि शिविरका शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती भएकाले अन्तराष्ट्रिय जगतको सहयोग लिएर भएपनि भुटानमाथि दवाव सृजना गरिदिन आग्रह समेत गरिएको छ ।
बुध, माघ १७, २०७४ मा प्रकाशित

http://www.hamrodamak.com/2018/01/26452/

No comments:

Post a Comment