The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Wednesday, January 31, 2018

भूटानी शरणार्थीलार्इ नेपाली बनाउन कुटनीतिक पहल सुरू

भूपेन्द्र तिम्सिना

शनिश्चरे ( मोरङ) । अव वन्ने नयाँ सरकारले विगत २७ वर्ष अघिदेखि नेपालको झापा र मोरङमा शरणागत भूटानीहरुको स्वेदश फिर्ती सहितका समस्याको कुटनीतिक तहबाट समाधान गरिनुपर्ने झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रममा वक्ताहरुले माग गरेका छन् ।
शरणार्थी सम्बन्धि राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) र शरणार्थीको तेस्रो मुलुक पुनर्वासमा सघाउँदै आएको आप्रवास सम्बन्धि अन्तरािष्ट्य संस्था (आइओएम) ले तेस्रो मुलुक पुनर्वासपछि वाँकी रहेका शरणार्थीलाई स्थानीयकरण ( बसेकै ठाउँमा विलय गराउने ) गराउने कुटनीतिक पहल थाल्दै गरेको अवस्थामा स्थानीय सरोकारवालाहरुको यस्तो अभिव्यक्ति आएको हो । नेपाली भाषी भूटानी शरणार्थीका लागि शिक्षा क्षेत्रमा सहयोग गरिरहेको क्यारितास नेपालले आफ्नो कार्यसम्पादनको २५ वर्ष अवधि पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो माग गरेका हुन् । वक्ताहरुले स्थानीय तहबाट भन्दा पनि केन्द्रीय सरकारले कुटनीतिक ढंगले समस्या सामधान गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले तेस्रो देश पुनर्वास पछि बाँकी रहेका १० हजार हाराहारीको संख्यामा रहेका भूटानीको स्वेदशफिर्तीको काम कुटनीतिक तवरले सरकारले अघि सार्नुपर्ने जनाए  ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मानवीयताको नाताले स्थानीय तहबाट बस्ने ठाउँ उपलब्ध गराउन सकिए पनि आफ्नो ठाउँबाट समस्याको पूर्ण सामधान नहुने भन्दै अब बन्ने नयाँ केन्द्रीय सरकारमार्फत पहल गर्नुपर्नेमा जोड दिए । ओलीले तेस्रो देश पुनर्वास पछि बाँकी रहेका शरणार्थीको हकमा पनि दातृ निकायहरु पन्छिन नहुने प्रष्ट्याए ।
मोरङको शरणार्थी शिविर क्षेत्र रहेको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राईले शरणार्थी समस्या सबै पक्षको सहकार्य र समन्वयमा समाधान गर्नुपर्ने सुझाव पेश गरे ।
तेस्रो देश पुनर्वास अन्तर्गत अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको संस्था ओबीसीएका अध्यक्ष दिलिप दाहालले अब नयाँ सरकार बनेपछि शरणार्थीको समस्या समाधानका लागि माग गरिने उल्लेख गरे । पूर्ववर्ती सरकारले प्रधानमन्त्रीसँग भेटेर शरणार्थीका समस्या राखे पनि वेवास्ता गरिएको उनले तीतो पोखे ।
अमेरिका तथा युरोपियन ८ वटा मुलुकमा सवा लाखको संख्यामा पुनर्वास हुँदा हाल झापाको दमक र मोरङको पथरीशनिश्चरेका २ वटा शिविरमा १० हजारको हाराहारी संख्यामा भूटानी शरणार्थी वाँकी रहेका छन् । केही शरणार्थीको परिचयपत्रको समेत समस्या रहेको आवाज उठिरहेको छ । सम्बन्धित निकायले तेस्रो मुलुक पुनर्वासको कार्यक्रम यही डिसेम्बरबाट अन्त्य गरेको घोषणा गरेपछि शिविरमा बाँकी रहेका शरणार्थी छटपटाइरहेका छन् । यस अवस्थामा कारितासले पनि शिक्षाबाट हात झिक्ने र रासन सहितका राहत पनि वन्द हुने अवस्थाले शरणार्थीहरु अव नेपाल सरकारलाई गुहार्ने क्रममा निरन्तर रहेको पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राईले वताए । आफुहरुले ५ वुँदे ज्ञापनपत्र बुझाएको उनले स्मरण गराए ।
कारितास नेपालले सो अवसरमा सरकारी अधिकारी, शिक्षक, स्थानीय निकायका प्रमुखहरु तथा सरोकारवाला संस्थाका प्रमुख लगायत एक दर्जनलाई सम्मान गरेको छ । सम्मानित हुनेमा,  जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र दुलाल, शिविर ब्यवस्थापन समिति बेलडाँगीका सचिव टिकाराम रसाइली, पथरीशनिश्चरे शिविरका सचिव चम्पासिंह राई, ओबीसीए अमेरिकाका अध्यक्ष दिलिप दाहाल लगायतलाई क्यारितास नेपालका अध्यक्ष फादर सिलास बोगटीले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

http://blastkhabar.com/news/2017/12/16/64877.html

No comments:

Post a Comment