The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Wednesday, January 31, 2018

किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा तीनदिने विशाल तेस्रो वार्षिक सेवा सम्पन्न



Friday, 27 May 2016 12:26

किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा तीनदिने विशाल तेस्रो वार्षिक सेवा सम्पन्न । Featured

Written by सुकमान सुहाङ्ग
किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा तीनदिने विशाल तेस्रो वार्षिक सेवा सम्पन्न ।
किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा सम्पूर्ण अमेरिकावासी किरातीहरूको आयोजनामा, तीनदिने विशाल तेस्रो वार्षिक किरात अन्तर राज्य खिबेक्वा याक्वा लाधुङशेमी सेवा May, 27-29, 2016 नेशविल टेनिशीमा सफल्तापुर्बक सम्पन्न भएको छ ।
उक्त सेवामा भएको विशाल राज्य प्रतिनिधि, अगुवा बुद्धिजिबी र किरातीहरूको भेला/अधिवेशनले अमेरिकावासी किरात धर्मावलम्बीहरूको छाता संगठनको बिधान पारित गरि नाम घोषणा गरेर १५ जना केन्द्रिय समिति चयन गरेको छ। सेवामा सेवा पुजा, माङसेवासावाहरूको भेला / अधिवेशन, राज्य प्रतिनिधि अगुवा बुद्धिजिबीहरूको भेला / अधिवेशन, बिभिन्न छेत्रमा योगदान पुर्याउनुहुने समाजका ब्याक्तित्वहरूलाई सम्मान तथा बिबिद संस्कृतिक कार्यक्रमहरू सम्पन्न भएको छ। Kirat Community Organization of America को बिधानमा लेखिएको नियमहरू सबै बिधान मस्यौदा समिति प्रमुख श्री डि.जे खालिङ र बिधान मस्यौदा समिति सदस्य डा. नरेश लावती ज्यूहरूले ब्याख्या विश्लेशन गर्नु भएको थियो । कार्यक्रममा डा. नरेश लावती श्री डि.जे खालिङ श्री प्रताप सुब्बा श्री रने राई र श्री देव सुहाङ ज्यूहरू सम्मानित हुनुभएको थियो ।
अमेरिकावासी किरात धर्मावलम्बीहरूको केन्द्रिय संस्थाको बिधान मस्यौदा लेखनमा श्री डि.जे खालिङ (संयोजक) डा. नरेश लावती र श्री दिलिप दुमी ज्यूहरू रहनु भएको थियो । केन्द्रिय छाता संगठनको निर्वाचन समिति सदस्यमा श्री बि. एम खालिङ (संयोजक) र श्री बाहादुर सुब्बा (पन्धाक) ज्यूहरू रहनु भएको थियो ।
अमेरिकावासी माङसेवासावाहरूको विशाल अधिवेशन सफल पार्न साङदाङगेन वारूमसावा श्री के.के सोङमेन (संयोजक) साङदाङगेन वारूमसावा श्री कृष्ण केरूङ (उप संयोजक) र साङदाङगेन वारूमसावा श्री फुरूम्बो नाम (उप संयोजक) खटिनु भएको थियो।
विशेष अथितीहरूमा श्री दिलिप दाहाल ( Vice President, Organization of Bhutanese Communities in America "OBCA") श्री शन्त लामा (President, Bhutanese America Sports Council "BASC") श्री डेन्जोम साम्पाङ (President, Global Bhutanese Literary Organization "GBLO") श्री शुरज सुब्बा नाल्बो, (Nepali Movie Director/Producer) श्री डम्बर घले ( नेता, OBCA) श्री मंगल तामाङ (Chairman, Association of Bhutanese Communities in Tennessee "ABCT") श्री जितु बस्नेत, (First Bhutanese U.S. Certify Soccer Referee ) आदि उपस्थित हुनुहुन्थ्यो ।
अमेरिकावासी किरात धर्मावलम्बीहरूको संयोजक र उप संयोजकमा क्रमश सुकमान सुहाङ र धनमान लिङदेन रहेका थियौं ।
सेवा तथा सिंगो कार्यक्रमलाई सफल पार्न आर्थिक सहयोग गर्नु हुने सबै राज्यका किरात समाजहरू, ब्याक्ति ज्यूहरू तथा प्रायोजक ज्यूहरूलाई हृदय देखिनै धन्यबाद दिन चाहान्छु। विशेष गरि यति खेर श्री गोपाल बस्नेत श्री एल. बी नेम्बाङ (सुब्बा) श्री दिलिप दाहाल डा. नरेश लावती (लावती पसल) श्री हेम राज राई श्री जिवन मादेन श्री हेमलाल सङमी श्री दिपेश सुबेदी ( सुबेदी पसल) श्री शन्त लामा, BASC र सबै सबैमा हार्दिक धन्यबाद दिन चाहान्छु।
अमेरिकावासी किरात धर्मावलम्बीहरूको केन्द्रिय संस्था र १५ जना केन्द्रिय समिति ज्यूहरूको नामवली यस प्रकार छ:-
KIRAT COMMUNITY ORGANIZATION OF AMERICA, Inc.
BOARD OF DIRECTORS:
1. Surja Rai, Kentucky
2. Raju Subba, Nebraska
3. Aita Khaling, North Carolina
4. Harka Rai, Oregon
5. Shanti Khaling, Georgia
6. C. R. Lepcha, Massachusetts
7. Sukman Suhang, Tennessee
8. Bishnu Chokhang, Texas
9. Hari Subba Youngwago, Utah
10. Meera Rai, Pennsylvania
11. Uttam Rai, Ohio
12. K.K Songmen, Georgia
13. Phurumbo Nam, Ohio
14. Sha Bahadur Dungmali, Tennessee
15. Dhan man Lingden, Ohio
Executive Officers of KCOA:
1. Mr. Suk Man Suhang - Chairman
2. Mr. Surja Rai - Vice Chairman
3. Mr. Dhan Man Lingden- Secretary
4. Mrs. Shanti Khaling- Treasurer
तपाईहरू सबैले मलाई विश्वास गरेर केन्द्रिय अध्क्ष्य जस्तो विशिष्ट पदमा निर्वाचित गर्नु भएकोमा सबै सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु। हाम्रो टिमले तपाईहरू सबै संगै हातेमालो गरेर अघि बड्ने छ। नोगेन ।

Source

No comments:

Post a Comment