The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Thursday, February 2, 2017

ट्रम्प नीतिका कारण भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित


Source:   हिमालखबर 


पुनर्वासका लागि अमेरिका जान गुण्टा कसिसकेको एक परिवार अहिले चिन्तित बनेको छ । तस्वीरः गोपाल गडतौला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको आप्रवासन सम्बन्धी एक आदेशका कारण नेपालमा रहेका भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित भएको छ ।
दमकस्थित एकजना पुनर्वास अधिकारीले करिव चार महिनाका लागि भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित हुने बताएका छन् ।
अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएमले अमेरिकामा आप्रवासनका लागि १८ माघमा झापाबाट काठमाडौं लैजाने तयारीमा राखेको भुटानी शरणार्थीलाई  १७ माघमा अमेरिका पुनर्वासको कार्यक्रम हालका लागि स्थगन भएको सूचना दिएको छ ।
४१ वर्षीया कलिमाया मगर ६ सदस्यीय परिवारकासाथ अमेरिका जानका लागि बेलडाँगी १ शरणार्थी शिविरबाट १८ माघ विहान काठमाडौंका लागि उडने तालिकामा थिइन् ।
१७ माघमा उनीहरुको अन्तिम स्वास्थ्य जाँच गराइसकेको मगर परिवारलाई काठमाडौंस्थित आइओएमको ट्रान्जिट हाउसमा केहि दिन बसेर २३ माघमा अमेरिकाको भरमाउण्ट राज्यको वर्लिङटन शहर लगिंदै थियो ।
अत्यावश्यक सामग्रीको गुण्टा कसिसकेको परिवार एक्कासी पुनर्वास स्थगन हुँदा समस्यामा परेको छ ।
“खुट्टा उचालिसकेका थियौं” कलिमाया भन्छिन्, “एक्कासी रोकिनुपर्दा मनमा चिन्ता बढेको छ ।”  कलिमायाका बिबाहित छोराछोरी यसअघि नै अमेरिकाका बिभिन्न ठाँउमा पुनर्वास भइसकेका छन् ।
निर्वाचन अघिदेखि नै अमेरिका जान चाहने आप्रवासीहरु प्रति कडा अभिव्यक्ति दिँदै आएका ट्रम्प निर्वाचित भएसँगै शरणार्थी पुनर्वास स्थगन भएको हो ।
यसैबीच शिबिरस्थित पुनर्वास सूचना पाटीमा पुनर्वास सहयोग केन्द्र, अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएम र अमेरिकी सरकारका तर्फबाट टाँस गरिएको सुचनामा ३ फेब्रुअरीपछि अर्को सूचना नआएसम्मको लागि शरणार्थीको अमेरिका पुनर्वास स्थगन भएको खुलाइएको छ ।
हालसम्ममा पुनर्वासमा गएका १ लाख ७ हजार भुटानी शरणार्थीमध्ये करिव ९२ हजार अर्थात ८७ प्रतिशत भन्दा बढि भुटानी अमेरिका पुगेका छन् ।
सन् २००७ मा शुरु भुटानी शरणार्थीको पुनर्वास प्रकृया मुताविक ४ मार्च २००८मा पुनर्वास शरणार्थीको पहिलो खेप नेपालबाट अमेरिका उडेको थियो । 
गोपाल गडतौला, झापा
- See more at: http://himalkhabar.com/news/2003#sthash.E3nf8azB.dpuf

No comments:

Post a Comment