The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Wednesday, February 21, 2018

China's goal was to 'split' India and Bhutan over Doklam, says ex-NSA Shivshankar Menon

PTI | Updated: Feb 21, 2018, 22:07 IST

7

HIGHLIGHTS

  • China wanted to "show the Bhutanese that India could not defend their security and also to arouse Bhutanese opinion (on it). I am glad we chose to react the way we did: Shivshankar Menon
  • Menon, who was NSA between 2010 and 2014 in the previous UPA rule, also said there was a need for an integrated approach in managing the country's borders
Fformer National Security Adviser Shivshankar Menon (File photo)Fformer National Security Adviser Shivshankar Menon (File photo)
NEW DELHI: China's political goal was to "split" India and Bhutan over the Doklam standoff, former National Security Adviser Shivshankar Menon said on Wednesday while appreciating the way the government handled the issue.

Menon, who was NSA between 2010 and 2014 in the previous UPA rule, also said there was a need for an integrated approach in managing the country's borders.

"One reason why we saw that activity in Doklam last year was not because they (China) had a clear military option or superiority but they had the political goal of splitting us from the Bhutanese," he said at a conference here.


India and Bhutan have close ties and New Delhi has been providing military support to the country.

He said China wanted to "show the Bhutanese that India could not defend their security and also to arouse Bhutanese opinion (on it). I am glad we chose to react the way we did."

Menon had also served as India's foreign secretary from October 2006 to August 2009.

Troops of India and China were locked in a 73-day-long standoff in Doklam from June 16 last year after the Indian side stopped the building of a road in the disputed tri-junction by the Chinese Army. Bhutan and China have a dispute over Doklam. The face-off ended on August 28.
As a close friend and neighbour, Bhutan enjoys diplomatic and military support from India.
Delving into various aspects of border management, Menon said the armed forces must take the people of the border areas of the north-eastern states into confidence on such issues.

TOP COMMENT

Mr. Sivshankar, thanks for your honest opinion. Will you please educate Mr. Pappu so that he does not keep talking nonsense over Dokalam.kamath Neil


It is important to carry the people with you, he said.


The conference on 'Bridging gaps and securing borders' in the northeast was attended by the top brass of the defence forces including Army Chief Gen. Bipin Rawat and Navy Chief Admiral Sunil Lanba.


Sunday, February 18, 2018

NSA Ajit Doval in Bhutan

Army Chief Bipin Rawat and NSA Ajit Doval Made Hush-Hush Bhutan Visit to Review Doklam Strategy

The visit by Army Chief General Bipin Rawat, Foreign Secretary Vijay Gokhale and National Security Adviser Ajit Doval was the first such high-level trip from India to Bhutan after the Doklam standoff and it was kept under wraps by the Bhutanese and Indian sides.

Updated:February 18, 2018, 8:53 PM IST
Army Chief Bipin Rawat and NSA Ajit Doval Made Hush-Hush Bhutan Visit to Review Doklam Strategy
The Bhutanese side apprised the Indians about the status of boundary talks between Bhutan and China and emphasised that Thimphu wants peace in the Doklam tri-junction. (File photo)

New Delhi: Army Chief General Bipin Rawat, Foreign Secretary Vijay Gokhale and National Security Adviser Ajit Doval quietly travelled to Bhutan earlier this month on a rare visit during which they held extensive talks with the top brass of the Bhutanese leadership on strategic issues including the situation in Doklam, authoritative government sources said.

The sources told PTI that the two sides reviewed bilateral security and defence cooperation issues with a focus on China's increasing military posturing and infrastructure development in the key Doklam plateau.

The visit took place between February 6 and 7 and "positive" outcomes emerged from the meetings between the key Indian officials and the Bhutanese government, they said.

The visit by Gen. Rawat, Doval and Gokhale was the first such high-level trip from India to Bhutan after the Doklam standoff and it was kept under wraps by the Bhutanese and Indian sides.

The visit came three days after Prime Minister Narendra Modi held talks with his Bhutanese counterpart Tshering Tobgay on the sidelines of an investors' summit in Guwahati.

The sources said the Bhutanese side apprised the Indians about the status of boundary talks between Bhutan and China and emphasised that Thimphu wants peace in the Doklam tri-junction.

Troops of India and China were locked in a 73-day-long standoff in Doklam from June 16 last year after the Indian side stopped the building of a road in the disputed Doklam tri-junction by the Chinese Army. Bhutan and China have a dispute over Doklam. The face-off ended on August 28.

China and Bhutan are engaged in talks over the resolution of the dispute in the area. India argues that since it is a tri-junction involving the three countries, it also has a say in the issue, especially in the backdrop of a 2012 agreement between special representatives of the two countries, that have till now held 20 rounds of talks.

Bhutan has no diplomatic ties with China. As a close friend and neighbour, Bhutan enjoys diplomatic and military support from India.

The sources said several other key officials of the Army and the Ministry of External Affairs were also a part of the visit. Asked about the foreign secretary's visit, a diplomatic source called it "routine".

This was Gen. Rawat's second visit to Bhutan in the last nine months. Gen. Rawat has been calling for adequate focus by India on its nearly 4,000 km-long border with China. Last month, he had said the time had come for the country to shift its focus from the western to the northern frontier.

Army sources said China has been keeping its troops in north Doklam and significantly ramping up its infrastructure in the area.

The Indian Army has also been strengthening its troop level in certain key sectors along the Sino-India border besides enhancing border infrastructure.

Previously, Rawat had visited Bhutan in April last year while then Foreign Secretary S Jaishankar had visited the neighbouring country in October last. In November last, the King of Bhutan, Jigme Khesar Namgyel Wangchuck, had visited India.
SOURCE

Wednesday, January 31, 2018

भूटानी शरणार्थीलार्इ नेपाली बनाउन कुटनीतिक पहल सुरू

भूपेन्द्र तिम्सिना

शनिश्चरे ( मोरङ) । अव वन्ने नयाँ सरकारले विगत २७ वर्ष अघिदेखि नेपालको झापा र मोरङमा शरणागत भूटानीहरुको स्वेदश फिर्ती सहितका समस्याको कुटनीतिक तहबाट समाधान गरिनुपर्ने झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रममा वक्ताहरुले माग गरेका छन् ।
शरणार्थी सम्बन्धि राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) र शरणार्थीको तेस्रो मुलुक पुनर्वासमा सघाउँदै आएको आप्रवास सम्बन्धि अन्तरािष्ट्य संस्था (आइओएम) ले तेस्रो मुलुक पुनर्वासपछि वाँकी रहेका शरणार्थीलाई स्थानीयकरण ( बसेकै ठाउँमा विलय गराउने ) गराउने कुटनीतिक पहल थाल्दै गरेको अवस्थामा स्थानीय सरोकारवालाहरुको यस्तो अभिव्यक्ति आएको हो । नेपाली भाषी भूटानी शरणार्थीका लागि शिक्षा क्षेत्रमा सहयोग गरिरहेको क्यारितास नेपालले आफ्नो कार्यसम्पादनको २५ वर्ष अवधि पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो माग गरेका हुन् । वक्ताहरुले स्थानीय तहबाट भन्दा पनि केन्द्रीय सरकारले कुटनीतिक ढंगले समस्या सामधान गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले तेस्रो देश पुनर्वास पछि बाँकी रहेका १० हजार हाराहारीको संख्यामा रहेका भूटानीको स्वेदशफिर्तीको काम कुटनीतिक तवरले सरकारले अघि सार्नुपर्ने जनाए  ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मानवीयताको नाताले स्थानीय तहबाट बस्ने ठाउँ उपलब्ध गराउन सकिए पनि आफ्नो ठाउँबाट समस्याको पूर्ण सामधान नहुने भन्दै अब बन्ने नयाँ केन्द्रीय सरकारमार्फत पहल गर्नुपर्नेमा जोड दिए । ओलीले तेस्रो देश पुनर्वास पछि बाँकी रहेका शरणार्थीको हकमा पनि दातृ निकायहरु पन्छिन नहुने प्रष्ट्याए ।
मोरङको शरणार्थी शिविर क्षेत्र रहेको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राईले शरणार्थी समस्या सबै पक्षको सहकार्य र समन्वयमा समाधान गर्नुपर्ने सुझाव पेश गरे ।
तेस्रो देश पुनर्वास अन्तर्गत अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको संस्था ओबीसीएका अध्यक्ष दिलिप दाहालले अब नयाँ सरकार बनेपछि शरणार्थीको समस्या समाधानका लागि माग गरिने उल्लेख गरे । पूर्ववर्ती सरकारले प्रधानमन्त्रीसँग भेटेर शरणार्थीका समस्या राखे पनि वेवास्ता गरिएको उनले तीतो पोखे ।
अमेरिका तथा युरोपियन ८ वटा मुलुकमा सवा लाखको संख्यामा पुनर्वास हुँदा हाल झापाको दमक र मोरङको पथरीशनिश्चरेका २ वटा शिविरमा १० हजारको हाराहारी संख्यामा भूटानी शरणार्थी वाँकी रहेका छन् । केही शरणार्थीको परिचयपत्रको समेत समस्या रहेको आवाज उठिरहेको छ । सम्बन्धित निकायले तेस्रो मुलुक पुनर्वासको कार्यक्रम यही डिसेम्बरबाट अन्त्य गरेको घोषणा गरेपछि शिविरमा बाँकी रहेका शरणार्थी छटपटाइरहेका छन् । यस अवस्थामा कारितासले पनि शिक्षाबाट हात झिक्ने र रासन सहितका राहत पनि वन्द हुने अवस्थाले शरणार्थीहरु अव नेपाल सरकारलाई गुहार्ने क्रममा निरन्तर रहेको पथरीशनिश्चरे शिविर सचिव चम्पासिंह राईले वताए । आफुहरुले ५ वुँदे ज्ञापनपत्र बुझाएको उनले स्मरण गराए ।
कारितास नेपालले सो अवसरमा सरकारी अधिकारी, शिक्षक, स्थानीय निकायका प्रमुखहरु तथा सरोकारवाला संस्थाका प्रमुख लगायत एक दर्जनलाई सम्मान गरेको छ । सम्मानित हुनेमा,  जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र दुलाल, शिविर ब्यवस्थापन समिति बेलडाँगीका सचिव टिकाराम रसाइली, पथरीशनिश्चरे शिविरका सचिव चम्पासिंह राई, ओबीसीए अमेरिकाका अध्यक्ष दिलिप दाहाल लगायतलाई क्यारितास नेपालका अध्यक्ष फादर सिलास बोगटीले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।

http://blastkhabar.com/news/2017/12/16/64877.html

सकियो तेस्रो मुलुक पुनस्र्थापना

- राजेश कोइराला

आफ्नै देश फर्कने उत्कट अभिलाषा बोकेका नेपालस्थित लाखौं भूटानी शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना टुंगिएको छ।
नेपालबाट तेस्रो मुलुक पुनस्र्थापनाका लागि बिदा हुँदै भूटानी ।
सन् २०१७ सकिएसँगै भूटानी शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना पनि औपचारिक रूपमा सकिएको छ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) का अनुसार, गएको डिसेम्बर ३१ सम्ममा अमेरिकालगायत विश्वका आठ देशमा १ लाख १२ हजारभन्दा बढी भूटानी शरणार्थी पुनस्र्थापित भइसकेका छन् । कार्यालयले यूएनएचसीआरले डिसेम्बर ३१ अघि दर्ता गरेका एकदमै कम शरणार्थीलाई पुनस्र्थापनामा पठाउन चिकित्सा जाँच तथा अन्य आवश्यक मूल्याङ्कन भइरहेको जनाएको छ ।
पाँच वर्षमा सक्ने लक्ष्य लिइएको पुनस्र्थापना कार्यक्रमका लागि दश वर्ष लागेको छ । शुरूमा ६० हजारलाई पुनस्र्थापना गराउने घोषणा गरेको अमेरिकाले सबैभन्दा बढी ९५ हजार ४४९ जनालाई भिœयायो । क्यानडा र अष्ट्रेलियामा क्रमशः ६ हजार ८२६ र ६ हजार ७२८ जना पुनस्र्थापित भए । न्युजिल्याण्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्याण्डस्ले क्रमशः १ हजार ९४, ८७५, ५७०, ३५८ र ३१९ जनालाई बसोबास गराए ।
“अब ७ हजार ५०० का हाराहारीमा नेपालका दुई शिविरहरूमा हुनुहुन्छ । कोही भूटान फर्कने त कोही नेपालमै बस्ने पक्षमा देखिनुहुन्छ” सिनियर एक्स्टर्नल रिलेसन्स एशोसिएट दिपेश श्रेष्ठ भन्छन्, “नेपालमै बस्न चाहनेका लागि बन्दोबस्त मिलाउन नेपाल सरकारले कुनै निर्णय त गरेको छैन । स्थानीय निकायसँग भने सकारात्मक रूपमा काम भइरहेको छ ।”
पुनस्र्थापना कार्यक्रम शुरू हुनुअघि सात वटा शिविर कायम थिएः झपाका बेलडाँगी (तीन वटा), खुदुनाबारी, टिमाई र गोलधापका तथा मोरङको शनिश्चरे/पथरी । सबै शिविरमा गरी करीब १ लाख ६ हजार शरणार्थीको बसोबास थियो । महिला–पुरुषको अनुपात पाँच शिविरमा ४९:५१ र दुइटामा ५०:५० थियो । चार वर्षसम्मका बच्चाहरू ७.३ प्रतिशत, ५ देखि १७ वर्षका ३५ प्रतिशत, १८ देखि ५९ वर्षका ५१.४ प्रतिशत र ६० वा सोभन्दा बढी उमेरका ६.३ प्रतिशतको हाराहारीमा थिए । शिविरमा बसोबास गर्नेमध्ये करीब ६० प्रतिशत हिन्दू, २७ प्रतिशत बौद्ध, १० प्रतिशत किराँत र बाँकी इसाई थिए ।
सुस्त गति
अलाइनाको ट्वीटर
एक लाख भूटानीका रुपमा अमेरिका आउन तयार देवीमाया थापा र उनको परिवारका साथ अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज ।
सन् २०१५ अप्रिल १० मा न्यूयोर्कका २८ वर्षीय गुरु धिमाल (२८) ले प्रहरीको ९११ मा फोन गरेर आफू अलकायदाको सदस्य भएको र बसमा ह्वाइट हाउसमा पड्काउन बम लगिंदै गरेको बताए । धिमाल मामा भगिरथ कोइराला (६७) लाई पुर्‍याउन त्यही बसमा न्यूयोर्कबाट ओहायो जाँदै थिए । यी दुवै शरणार्थी पुनस्र्थापना कार्यक्रमअन्तर्गत नै विभिन्न मितिमा अमेरिका पुगेका थिए ।
ग्रेहाउण्ड कम्पनीको उक्त बसमा ३० जना यात्रु थिए । बस बफेलो, न्यूयोर्कबाट क्लिभल्याण्ड, ओहायोतर्फ गुडिरहेको थियो । बमको सूचना पाएलगत्तै दुईतर्फी यातायात बन्द गरियो । बस ओहायो राज्य छिरिसकेको थियो । प्रहरीले रोकिएको बसमा बम खोज्यो । तर फेला परेन । प्रहरीले गलत सूचना दिएको थाहा पाएपछि धिमाल र कोइरालालाई नियन्त्रणमा लियो । धरौटीमा छुटेका धिमाललाई मानसिक जाँचका लागि पठाइयो । कोइरालालाई तोकिएको धरौटी फिर्ता गरियो र जमानतमा छाडियो ।
तर, त्यसलगत्तै मेमा अमेरिकामा एकजना पनि भूटानी शरणार्थीको पुनस्र्थापना भएन । सन् २००८ मार्चयता कुनै महीना पनि भूटानी शरणार्थीको पुनस्र्थापना शून्य भएको थिएन ।
सामान्यतया सरकारको नीति तथा कार्यक्रम पारित हुन नसकेर ‘सट डाउन’ हुँदा वा अन्य गम्भीर कारणमा पुनस्र्थापना सुस्त भएको देखिन्छ । २०१३ अक्टोबर १–१६ मा सरकार ‘सट डाउन’ भएकाले शरणार्थी पुनस्र्थापनामा कमी आएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प आएलगत्तै शरणार्थी भिœयाउन कडाइ गरिंदा भूटानी शरणार्थी समेत प्रभावित बने ।
आधाभन्दा बढी शरणार्थी पुनस्र्थापित भइसकेपछि सन् २०१२/१३ यता भने पुनस्र्थापना विस्तारै कम हुँदै गएको तथ्याङ्कले देखाउँछ ।
फक्स८/अमेरिका
गुरू धिमाल र भगिरथ कोइराला ।
नेपालीभाषी दोस्रो
अमेरिकी विदेश मन्त्रालयको रेफ्युजी प्रोसेसिङ्ग सेन्टरका अनुसार, अमेरिका भित्रिएका शरणार्थीको सूचीमा नेपालीभाषी दोस्रोमा रह्यो । मूलतः भूटानी शरणार्थीकै कारण यो संख्या बढेको हो ।
तर, २००७ देखि २०१२ सम्म कुल शरणार्थीमा नेपाली भाषी पहिलो स्थानमा थिए । २०१३ देखि भने अरबी भाषीले उछिनेका हुन् । सोमाली भाषी तेस्रोमा छन् भने करेन (तिब्बती–बर्मेली मूलको भाषा) बोल्नेहरू चौथो स्थानमा ।
(कोइराला अमेरिकी न्यूजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् ।)

शिविरका २७ वर्ष
भूटानको शाही सरकारको चरम दमन खेप्न नसकी सन् १९९० को अन्त्यदेखि नेपाली भाषी भूटानी नेपालको पूर्वी सीमा झापामा ओइरिन थाले । कारण थियो– नागरिकतासम्बन्धी नयाँ कानूनले अधिकार कटौती भन्दै नेपाली भाषीले थालेको आन्दोलन ।
केही वर्षमै नेपाल भित्रिने शरणार्थीको संख्या एक लाख नाघ्यो । नेपाल र भूटान सरकारबीच शरणार्थी फिर्तीबारे पटकपटक वार्तासमेत भयो । तर, आफ्ना नागरिकलाई देश नफर्काउने भूटानी शासकको अड्डीका कारण समस्या समाधान हुन सकेन ।
सन् २००६–०७ मा बल्ल आएर भूटानी शरणार्थीलाई तेस्रो मुलुक पुनस्र्थापना गर्न छलफल चल्न थाल्यो । अमेरिकाले राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर), अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) र अन्य ७ मुलुक (क्यानडा, अष्ट्रेलिया, नर्वे, न्युजिल्यान्ड, नेदरल्यान्डस्, बेलायत र डेनमार्क) को सहकार्यमा पुनस्र्थापना थाल्ने निर्णय गर्‍यो । जसमा, शिविरका करीब १ लाख ७ हजारमध्ये करीब ५० हजार मात्र पुनस्र्थापनामा जान सहमत देखिए । तत्कालीन अमेरिकाका सहायक विदेश–मन्त्री एलेन सावरब्रेले अमेरिकामा ६० हजार भूटानी पुनस्र्थापना गर्न चाहेको घोषणा नै गरे । अष्ट्रेलियाले ५ हजार, क्यानडाले ५ हजार र अरू मुलुक (डेनमार्क, नेदरल्यान्डस्, न्युजिल्यान्ड र नर्वे) ले केही सयको अनुपातमा शरणार्थी बसोबास गराउनेमा मञ्जुर भए । २००८ मार्चमा पहिलोपटक पुनर्वासका लागि भूटानी शरणार्थी अमेरिका उडे । २०१० सेप्टेम्बरमा अमेरिका टेक्ने शरणार्थीको संख्या ३० हजार पुगिसकेको थियो ।
२०१० डिसेम्बर १३ मा नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले शरणार्थी पुनस्र्थापनामा यसअघिको ६० हजारको सीमा अब नरहेको बताए । तेस्रो मुलुक पुनस्र्थापना हुने शरणार्थीको संख्या बढ्न थालेपछि २०११÷१२ मा बेलडाँगी र शनिश्चरे/पथरी शिविरमा मात्र बाँकी रह्यो । बाँकी शिविर बन्द गरिए ।
२०१५ डिसेम्बरसम्ममा एक लाख भूटानी शरणार्थी विभिन्न आठ मुलुकमा पुनस्र्थापित गरिसकिएको थियो । जसमा, अमेरिकामा मात्र करीब ८५ हजार पुनस्र्थापित भए । २०१७ डिसेम्बर ३१ मा भने औपचारिक रुपमा शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम सकियो ।

भुटानी शरणार्थीलाई भाड्न खोजियो’

हाम्रो दमक


दमक,१७ माघ / भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ( यूएनएचसीआर )ले शरणार्थी समस्या समाधानकालागि अन्तराष्ट्रिय मानवीय कानुनका आधारमा ल्याइएका तीन विकल्पहरु मध्ये तेस्रो देश पुर्नवासलाई मात्र कार्यान्वयनमा ल्याएर शरणार्थीहरुको एकतालाई भाड्न खोजेको आरोप लगाएको छ ।

समितिले बुधबार यहाँ एक प्रेस विज्ञप्ति निकालेर शरणार्थीहरुले चाहे अनुसार तेस्रो देश पुर्नवास, स्वदेश फिर्ती र स्थानीयकरण तीन वटै विकल्प खुला गर्ने भनिएको भएपनि तेस्रो देश पुर्नवासलाई मात्र अघि बढाएर अरु सवै विकल्प बन्द गरिएको प्रति आपत्ति जनाउदै विरोध जनाएको हो ।
समितिका अध्यक्ष डाक्टर भम्पा राई हस्ताक्षारित विज्ञप्तिमा भनिएको छ –‘यो कदमले शरणार्थीहरुको आफनो मातृभूमी फकर्ने अधिकारलाई समेत बन्द गरेर घोर अन्याय गरेको छ । ’
समितिले भुटानी राजतन्त्रले रचेको षडयन्त्रलाई नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय संस्था (युएनएचसीआर)ले पनि समर्थन गरिरहेको छ । यसैगरि विज्ञप्तिमा शिविरमा रहेका शरणार्थीहरुको इच्छालाई नबुझि अर्गनाइजेसन अफ भुट्नीज कम्युनिटि इन अमेरिकाका अध्यक्ष दिलिप दाहालको माग पत्र पनि शरणार्थीहरुको स्वदेश फिर्ताको मुद्दालाई विसर्जन गराउने षडयन्त्र भएको उल्लेख गरिएको छ ।
अध्यक्ष राईद्धारा जारी चार बुँदे विज्ञप्तिमा शरणार्थीहरुको स्वदेश फिर्ती अभियानलाई अवरोध नगर्न नेपाल सरकार र दातृ निकाय युएनएचसीआरलाई आग्रह समेत गरिएको छ ।
यसैगरि शिविरका शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती भएकाले अन्तराष्ट्रिय जगतको सहयोग लिएर भएपनि भुटानमाथि दवाव सृजना गरिदिन आग्रह समेत गरिएको छ ।
बुध, माघ १७, २०७४ मा प्रकाशित

http://www.hamrodamak.com/2018/01/26452/

किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा तीनदिने विशाल तेस्रो वार्षिक सेवा सम्पन्न



Friday, 27 May 2016 12:26

किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा तीनदिने विशाल तेस्रो वार्षिक सेवा सम्पन्न । Featured

Written by सुकमान सुहाङ्ग
किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा तीनदिने विशाल तेस्रो वार्षिक सेवा सम्पन्न ।
किरात कल्चरल सोसाइटी अफ टेनिशीको संयोजकत्वमा सम्पूर्ण अमेरिकावासी किरातीहरूको आयोजनामा, तीनदिने विशाल तेस्रो वार्षिक किरात अन्तर राज्य खिबेक्वा याक्वा लाधुङशेमी सेवा May, 27-29, 2016 नेशविल टेनिशीमा सफल्तापुर्बक सम्पन्न भएको छ ।
उक्त सेवामा भएको विशाल राज्य प्रतिनिधि, अगुवा बुद्धिजिबी र किरातीहरूको भेला/अधिवेशनले अमेरिकावासी किरात धर्मावलम्बीहरूको छाता संगठनको बिधान पारित गरि नाम घोषणा गरेर १५ जना केन्द्रिय समिति चयन गरेको छ। सेवामा सेवा पुजा, माङसेवासावाहरूको भेला / अधिवेशन, राज्य प्रतिनिधि अगुवा बुद्धिजिबीहरूको भेला / अधिवेशन, बिभिन्न छेत्रमा योगदान पुर्याउनुहुने समाजका ब्याक्तित्वहरूलाई सम्मान तथा बिबिद संस्कृतिक कार्यक्रमहरू सम्पन्न भएको छ। Kirat Community Organization of America को बिधानमा लेखिएको नियमहरू सबै बिधान मस्यौदा समिति प्रमुख श्री डि.जे खालिङ र बिधान मस्यौदा समिति सदस्य डा. नरेश लावती ज्यूहरूले ब्याख्या विश्लेशन गर्नु भएको थियो । कार्यक्रममा डा. नरेश लावती श्री डि.जे खालिङ श्री प्रताप सुब्बा श्री रने राई र श्री देव सुहाङ ज्यूहरू सम्मानित हुनुभएको थियो ।
अमेरिकावासी किरात धर्मावलम्बीहरूको केन्द्रिय संस्थाको बिधान मस्यौदा लेखनमा श्री डि.जे खालिङ (संयोजक) डा. नरेश लावती र श्री दिलिप दुमी ज्यूहरू रहनु भएको थियो । केन्द्रिय छाता संगठनको निर्वाचन समिति सदस्यमा श्री बि. एम खालिङ (संयोजक) र श्री बाहादुर सुब्बा (पन्धाक) ज्यूहरू रहनु भएको थियो ।
अमेरिकावासी माङसेवासावाहरूको विशाल अधिवेशन सफल पार्न साङदाङगेन वारूमसावा श्री के.के सोङमेन (संयोजक) साङदाङगेन वारूमसावा श्री कृष्ण केरूङ (उप संयोजक) र साङदाङगेन वारूमसावा श्री फुरूम्बो नाम (उप संयोजक) खटिनु भएको थियो।
विशेष अथितीहरूमा श्री दिलिप दाहाल ( Vice President, Organization of Bhutanese Communities in America "OBCA") श्री शन्त लामा (President, Bhutanese America Sports Council "BASC") श्री डेन्जोम साम्पाङ (President, Global Bhutanese Literary Organization "GBLO") श्री शुरज सुब्बा नाल्बो, (Nepali Movie Director/Producer) श्री डम्बर घले ( नेता, OBCA) श्री मंगल तामाङ (Chairman, Association of Bhutanese Communities in Tennessee "ABCT") श्री जितु बस्नेत, (First Bhutanese U.S. Certify Soccer Referee ) आदि उपस्थित हुनुहुन्थ्यो ।
अमेरिकावासी किरात धर्मावलम्बीहरूको संयोजक र उप संयोजकमा क्रमश सुकमान सुहाङ र धनमान लिङदेन रहेका थियौं ।
सेवा तथा सिंगो कार्यक्रमलाई सफल पार्न आर्थिक सहयोग गर्नु हुने सबै राज्यका किरात समाजहरू, ब्याक्ति ज्यूहरू तथा प्रायोजक ज्यूहरूलाई हृदय देखिनै धन्यबाद दिन चाहान्छु। विशेष गरि यति खेर श्री गोपाल बस्नेत श्री एल. बी नेम्बाङ (सुब्बा) श्री दिलिप दाहाल डा. नरेश लावती (लावती पसल) श्री हेम राज राई श्री जिवन मादेन श्री हेमलाल सङमी श्री दिपेश सुबेदी ( सुबेदी पसल) श्री शन्त लामा, BASC र सबै सबैमा हार्दिक धन्यबाद दिन चाहान्छु।
अमेरिकावासी किरात धर्मावलम्बीहरूको केन्द्रिय संस्था र १५ जना केन्द्रिय समिति ज्यूहरूको नामवली यस प्रकार छ:-
KIRAT COMMUNITY ORGANIZATION OF AMERICA, Inc.
BOARD OF DIRECTORS:
1. Surja Rai, Kentucky
2. Raju Subba, Nebraska
3. Aita Khaling, North Carolina
4. Harka Rai, Oregon
5. Shanti Khaling, Georgia
6. C. R. Lepcha, Massachusetts
7. Sukman Suhang, Tennessee
8. Bishnu Chokhang, Texas
9. Hari Subba Youngwago, Utah
10. Meera Rai, Pennsylvania
11. Uttam Rai, Ohio
12. K.K Songmen, Georgia
13. Phurumbo Nam, Ohio
14. Sha Bahadur Dungmali, Tennessee
15. Dhan man Lingden, Ohio
Executive Officers of KCOA:
1. Mr. Suk Man Suhang - Chairman
2. Mr. Surja Rai - Vice Chairman
3. Mr. Dhan Man Lingden- Secretary
4. Mrs. Shanti Khaling- Treasurer
तपाईहरू सबैले मलाई विश्वास गरेर केन्द्रिय अध्क्ष्य जस्तो विशिष्ट पदमा निर्वाचित गर्नु भएकोमा सबै सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु। हाम्रो टिमले तपाईहरू सबै संगै हातेमालो गरेर अघि बड्ने छ। नोगेन ।

Source

Thursday, February 2, 2017

ट्रम्प नीतिका कारण भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित


Source:   हिमालखबर 


पुनर्वासका लागि अमेरिका जान गुण्टा कसिसकेको एक परिवार अहिले चिन्तित बनेको छ । तस्वीरः गोपाल गडतौला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको आप्रवासन सम्बन्धी एक आदेशका कारण नेपालमा रहेका भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित भएको छ ।
दमकस्थित एकजना पुनर्वास अधिकारीले करिव चार महिनाका लागि भुटानी शरणार्थीको अमेरिका पुनर्वास स्थगित हुने बताएका छन् ।
अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएमले अमेरिकामा आप्रवासनका लागि १८ माघमा झापाबाट काठमाडौं लैजाने तयारीमा राखेको भुटानी शरणार्थीलाई  १७ माघमा अमेरिका पुनर्वासको कार्यक्रम हालका लागि स्थगन भएको सूचना दिएको छ ।
४१ वर्षीया कलिमाया मगर ६ सदस्यीय परिवारकासाथ अमेरिका जानका लागि बेलडाँगी १ शरणार्थी शिविरबाट १८ माघ विहान काठमाडौंका लागि उडने तालिकामा थिइन् ।
१७ माघमा उनीहरुको अन्तिम स्वास्थ्य जाँच गराइसकेको मगर परिवारलाई काठमाडौंस्थित आइओएमको ट्रान्जिट हाउसमा केहि दिन बसेर २३ माघमा अमेरिकाको भरमाउण्ट राज्यको वर्लिङटन शहर लगिंदै थियो ।
अत्यावश्यक सामग्रीको गुण्टा कसिसकेको परिवार एक्कासी पुनर्वास स्थगन हुँदा समस्यामा परेको छ ।
“खुट्टा उचालिसकेका थियौं” कलिमाया भन्छिन्, “एक्कासी रोकिनुपर्दा मनमा चिन्ता बढेको छ ।”  कलिमायाका बिबाहित छोराछोरी यसअघि नै अमेरिकाका बिभिन्न ठाँउमा पुनर्वास भइसकेका छन् ।
निर्वाचन अघिदेखि नै अमेरिका जान चाहने आप्रवासीहरु प्रति कडा अभिव्यक्ति दिँदै आएका ट्रम्प निर्वाचित भएसँगै शरणार्थी पुनर्वास स्थगन भएको हो ।
यसैबीच शिबिरस्थित पुनर्वास सूचना पाटीमा पुनर्वास सहयोग केन्द्र, अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएम र अमेरिकी सरकारका तर्फबाट टाँस गरिएको सुचनामा ३ फेब्रुअरीपछि अर्को सूचना नआएसम्मको लागि शरणार्थीको अमेरिका पुनर्वास स्थगन भएको खुलाइएको छ ।
हालसम्ममा पुनर्वासमा गएका १ लाख ७ हजार भुटानी शरणार्थीमध्ये करिव ९२ हजार अर्थात ८७ प्रतिशत भन्दा बढि भुटानी अमेरिका पुगेका छन् ।
सन् २००७ मा शुरु भुटानी शरणार्थीको पुनर्वास प्रकृया मुताविक ४ मार्च २००८मा पुनर्वास शरणार्थीको पहिलो खेप नेपालबाट अमेरिका उडेको थियो । 
गोपाल गडतौला, झापा
- See more at: http://himalkhabar.com/news/2003#sthash.E3nf8azB.dpuf